विप्लवको नेपाल बन्द: कास्कीबाट २ पक्राउ

पोखरा । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको पोखरामा पनि प्रभाव परेको छ ।

विहानैदेखि सडकहरु सुनसान छन् । व्यापार व्यवसाय खुलेका छैनन् । लामो र छोटा दुरीका गाडीहरु ठप्प छन् ।

बन्द गराउन चोकहरुमा विप्लवका कार्यकर्ता खटिएका छन् । दुई कार्यकर्तालाई भने विहानै प्रहरीले पक्राउ गरेको छ ।

नेकपा कास्कीका जिल्ला सदस्य एवं कार्यलय सचिव काजी गुरुङ र अखिल (क्रान्तिकारी)पृथ्वीनारायण क्याम्पस समितिका उपाध्यक्ष युवराजलाई छोरेपाटनबाट पक्राउ गरेको हो । उनीहरुले विभिन्न चोकमा टायर बालेका छन् भने विरोध प्रदर्शन पनि गरेका छन् ।

बन्दको पूर्वसन्ध्यामा हिजो सोमाबर २९ गते साँझ नेकपाले देशैभर मसाल जुलुस निकालेको थियो । नेकपाले सम्पूर्ण मूल्यबृद्धिका विरुद्ध सशक्त प्रतिरोध गर्न सबैसँग अपिल गरेको छ भने मुल्यबृद्धी तत्कालै फिर्ता लिन सरकारसँग माग गरेको छ ।

पक्राउ परेका नेताहरुलाई रिहाई गर्न जिल्ला ईञ्चार्ज उमा भूजेलले प्रशासनसँग आग्रह गरेकी छिन् । उनले पक्राउ र धरपकड गरे आन्दोलन झनै चर्किने चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *