मुगुको गमगढीमा आगलागी, १७ घर जले

काठमाडाैँ । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । राति साढे १२ बजेदेखि आगो लाग्दा १७ घर र ३ घुम्ती पसल जलेर पूर्ण नष्ट भएको छ ।

आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी बनेको मुगुका प्रहरी नायब उपरीक्षक (डिएसपी) चित्र भट्टराईले जानकारी दिए । राति १२ बजे ठिल्ले तामाङको घरबाट आगो सल्किएको थियाे ।  आगो नियन्त्रण गर्न स्थानीय, जनपथ प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी रेडक्रसकर्मी खटिएका थिए ।

गमगढी बजारका घरहरु काठैकाठले बनेका र एकअर्कासँग जोडिएकाले आगो नियन्त्रणमा लिन कठिन भएको थियो । धनमाल कति क्षति भयो भन्नेबारे पनि एकिन विवरण आइनसकेको डिएसपी भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *