नेपाल–भारत एयर बबल सम्झाैता संशाेधनकाे तयारी, सातामा ५६ उडान गरिने

काठमाडौँ। नेपाल–भारत एयर बबल सम्झौताअन्तर्गत हुँदै आएको नियमित उडान संस्था अब बढ्ने भएको छ । उडान संख्या थपेर अब सातामा ५६ ओटा उडान गर्ने गरी दुबै देशका वायु सेवा प्रदायक कम्पनीहरुलाई उडान अनुमति दिने तयारी भएको संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार नेपालबाट २८ र भारतबाट २८ ओटा उडान हुने गरी एयर बबल सम्झौताअन्तर्गतका उडान संख्या विस्तार गर्ने तयारी भएको हो । उडान संख्या नताेके पनि यसका लागि भारतीय दूताबासले मन्त्रालयलाई पत्र समेत पठाएको छ ।

कोरोना महामारीको विषेध परिस्थितिको गाम्भीर्यतालाई सम्बोधन गर्दै गरिएको एयर बबल सम्झौता अन्तर्गत हाल दुबै मुलुकबाट सातामा ७/७ उडान हुँदै आएको थियो । यी उडान दुबै मुलुकका ध्वजावाहक कम्पनीमार्फत मात्रै हुँदै आएको थियो । अब निजी कम्पनीलाई पनि समेटेर उडान विगस्तार गरिने तयारी छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र भारतका उड्डयन मन्त्री ज्योतिरादित्य मावराज सिन्धियाबीच गत शुक्रबार नयाँ दिल्लीमा भएको भेटवार्तामा एयर बबल सम्झौता संशोधन गरी उडान संख्या बढाउने विषयमा छलफल भएको थियो । उक्त कुराकानीपछि दूताबासले नेपाल सरकारलाई उडान संख्या विस्तार गर्न पत्र पठाएको हो ।

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि भारतले नेपालसँग एयर बबल सम्झौता गरेपछि १० महिनायता भारतको र नेपालको दुई राष्ट्रिय ध्वजावाहक कम्पनीले मात्रै काठमाडौं–दिल्ली उडान गर्दै आएका थिए ।

तर, उक्त सम्झौता हुनुअधि नेपालबाट बुद्ध एयर र भारतका एयर इन्डिया र इन्डिगोले उडान गर्दै आएका थिए ।

विशेष परिस्थितिलाई नियन्त्रित उडानका लागि एयर बबल सम्झौता गर्ने गरिन्छ । हाल कोभिडविरुद्धको खोपका कारण कोभिड संक्रमणको असर न्यून हुँदै गएपछि दुबै देश उडान संख्या विस्तार गर्न सहमत देखिएका हुन् । उडान संख्या थपिँदा र वायु सेवा कम्पनीहरु थपिँदा हवाई भाडामा समेत प्रतिस्पर्धा भई सस्तिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *