ओलीले भने– प्रचण्ड र नेपालभन्दा थापा इमानदार

काठमाडौँ । नेकपा एमालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने ठोकुवा गरेका छन् ।

धनकुटाको सहिद भूमि गाउँपालिका–३ पिप्लेडाँडामा आयोजित ४३औं सहिद स्मृति सभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् ।

कार्यक्रममा उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालभन्दा सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा इमानदार रहेको बताए ।

‘बरू थापा सोझै कांग्रेसमा प्रवेश गरे,’ उनले भने, ‘प्रचण्ड–नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री बन्न देउवाको ढोका ढक्ढक्याउन गए ।’

उनले प्रचण्ड–नेपाललाई कुहिएको आलु भएको संज्ञासमेत दिए । उनीहरुलाई पार्टीबाट निकालेको भन्दै उनले अहिले पार्टी सुदृढीकरण भएको बताए ।

सर्वोच्च अदालतमा भइरहेको अवरोधलाई संकेत गर्दै उनले न्यायाधीशले मुद्दा हेर्न छाडेको र वकिलले दादागिरी देखाएको आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *