पर्यटन बोर्डका सीईओ रेग्मीको स्पष्टीकरण : धकेलाधकेल भयो, क्षमा माग्छु

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई गरेको दुव्र्यवहारबारे पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले स्पष्टीकरण दिएका छन् ।

विदेशबाट ल्याएको ६ बोतल मदिरा छिराउन नदिएको निहुँदमा उनले विमानस्थल भन्सारका नायब सुब्बालाई दुव्र्यहार गरेको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । मन्त्रालयसमक्ष स्पष्टीकरण बुझाउँदै उनले आफू अनिदो भएको कारण धकेलाधकेल मात्रै भएको भन्दै माफी मागेका छन् ।

सीईओ रेग्मीले लन्डनको एक कार्यक्रम सकेर फर्किँदा ६ बोतल मदिरा ल्याएका थिए । त्यति धेरै मदिरा एक व्यक्तिले ल्याउन नपाउने नियम अनुसार भन्सारका कर्मीचारीले रोकेका थिए । त्यही झोकमा उनले आफू देश बनाउने मान्छे भएको र आफूलाई नचिनेको भन्दै दुव्र्यबहार गरेको कर्मचारीको आरोप छ ।

उनको स्वास्थ्य परीक्षणका क्रममा उनले आवश्यकताभन्दा बढी मदिरा पिएको समेत देखिएको थियो ।

रेग्मीले मन्त्रालयमो बुझाएको स्पष्टीकरणबारे मन्त्री प्रमेबहादुर आलेले छलफल गरी आवश्यक निर्णय लिने मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *