उकालो लाग्यो नेप्से, कारोबार रकम भने बढेन

काठमाडौँ । अघिल्लाे साताबाटै लगातार घटिरहेकाे सेयर बजार परिसूचक साताको दोस्रो कारोबार दिन सोमबार भने उकालाे लागेकाे छ । यस दिन सेयर बजार (नेप्से) परिसूचक २६.४४ अङ्कले बढेको छ ।

सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.९८ प्रतिशतले बढेर २७१५.३५ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ४.१० अङ्कले घटेर ५०६.५४ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक बढेका छन् ।

सोेमबार २ सय २८ कम्पनीका ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४ सय ४४ रुपैयाँमा खरिद\बिक्री भएको छ ।

यसदिन बोटर्लस नेपाल तराई कम्पनी र मानुषी लघुवित्तको सेयर मुल्य १० प्रतिशतले बढेको छ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *