मन्त्रालय तानिए नेवानि प्रबन्ध निर्देशक पौडेल, वित्तीय विज्ञमा नियुक्त

काठमाडौँ। नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेललाई सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायमा तानेर वित्तीय वित्त पदमा नियुक्त गरेको छ । निगमको प्रबन्ध निर्देशक पदमा ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएका उनलाई कर्मचारीको आन्दोलन पछि मन्त्रालय तानेर वित्तीय विज्ञ पदमा नियुक्त गरिएको हो । मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्रालयको वित्तीय विज्ञ परामर्शदाताको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कर्मचारीले प्रबन्ध निर्देशक पौडेलको राजीनामा माग्दै कार्यालयमा प्रवेश निषेध गरेपछि उनी मन्त्रालयमै बसेर काम गर्दैै आएका थिए । पछिल्लो समय उनलाई कामविहीन बनाइएको थियो ।

निगमको कार्याकारी अध्यक्षमा युवराज अधिकारीलाई सरकारले नियुक्त गरेपछि उनी कामविहीन भएका थिए ।

वायु सेवा निगमलाई कम्पनी मोडलमा लाने प्रस्ताव मन्त्रालयमा लगेपछि उनी विवादमा तानिएका थिए । कर्मचारीहरुले भने निगमलाई कम्पनी मोडलमा लाने बाहनामा सरकारले निजी व्यवसायीलाई पोस्ने षड्यन्त्र गरेको भन्दै विरोध गरिरहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *