नेप्सेको सीईओ बन्न ११ जना प्रतिस्पर्धामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ) बन्ने ११ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सरकारले खुला प्रतिस्पर्धाबाट नेप्सेको सीईओमा नियुक्ति गर्न लागेपछि उक्त पदमा ११ जनाले आवेदन दिएका छन् ।

यसअघि नेप्सेमा सीईओ रहेका चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा विवादित भएपछि उनले राजीनामा दिएका थिए । त्यसयता नेप्सेमा सीइओ पद खाली छ । को विवादमा तानिएपछि नेप्सेमा सीइओ पद खाली छ ।

आवेदन दिने अन्तिम दिनसम्ममा डा. रमेशकुमार भण्डारी, जीवन अम्गाई, प्रविण पन्दाक, बद्रिप्रसाद प्याकुरेल, कृष्णबहादुर कार्की, निरन्जन फुयाल, दीपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्द प्रसाद दाहाल, छविराज पन्त र रमेश घिमिरेले आवेदन दिएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *