एनएमबी बैंकले ल्यायाे भीकेवाईसी सेवा, ब्राण्ड एम्बेसडरमा पल शाह

काठमाडौँ । एनएमबी बैंकले अभिनेता पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। बैंकले पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएको हो ।

एनएमबी बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ्ग, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेका उदयीमान अभिनेतामध्ये एक हुन्। बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

एनएमबी बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता कलाकार शाहले व्यक्त गरेका छन्।

यसैबीच बैंकले एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोबार गर्न सकिने भिडियो केवाईसी योजना ल्याएको छ। बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो । यो सेवामार्फत अब ग्राहकहरूले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न र आफ्नो केवाईसी विवरणहरू पूरा-अपडेट गर्न सक्ने बैंकले जनाएको छ ।

एनएमबीले ग्राहकहरूको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाइकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्ने बैंकले बताएको छ । बैंकले देशभरिका १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *