गण्डकीले छान्यो एमालेको महाधिवेशन प्रतिनिधि, डेढ सयभन्दा बढीले मतदान गर्ने

पोखरा । दसौँ महाधिवेशनमा होमिएको नेकपा एमालेले जिल्ला तहबाट महाधिवेशन प्रतिनिधि छनोट गरिरहेको छ । ११ जिल्ला रहेको गण्डकीबाट डेढसय भन्दा बढी प्रतिनिधि छानिएका छन् ।

प्रदेश कमिटी र जिल्लाबाट १ सय ६८ जना छनोट भएका एमाले गण्डकीका सचिव जगत विश्वकर्माले जानकारी दिए । उनका अनुसार प्रदेशबाट १२ र बाँकी जिल्लाबाट छानिएका हुन् । गण्डकीमा ७८ हजार ९ सय ३५ जना सङ्गठित सदस्य छन् । तीमध्ये मनाङ र मुस्ताङ सबैभन्दा कम छन् भने कास्कीमा सबैभन्दा धेरै छन् । महाधिवेशन प्रतिनिधि समेत हिमाली जिल्लाबाट कम र कास्की सहित तल्ला जिल्लाबाट धेरै चुनिएका छन् ।

मनाङ र मुस्ताङबाट समान ४÷४ जना, म्याग्दीबाट ९ जना, लमजुङबाट ११, बागलुङबाट १२ जना, तनहुँ र पर्वतबाट १३-१३ जना, गोरखाबाट १५ जना नवलपुरबाट १९, स्याङ्जाबाट २४ र कास्कीबाट ३१ जना छनोट भएका हुन् । सबै जिल्लामा सर्वसम्मत चयन गरिएको विश्वकर्माले बताए ।

तीमध्ये ४८ जना महिला छन् भने अरू पुरुष छन् । खुलामा भने महिलाको सङ्ख्या खासै छैन । उनीहरू आफ्नै कोटाबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *