निक्षेप संकलनसम्बन्धी राष्ट्र बैंकको नयाँ निर्देशन र यसका असर

राष्ट्र बैंकले गरेको निक्षेप संकलन सम्बन्धी नयाँ निर्देशनको व्यवस्था अनुसार बैंकको बिडिङको आधारमा लिने निक्षेपको ब्याजदर परिवर्तन मासिक गर्न सकिने भएको छ । यसअघि चीन महिनासम्म यस्तो ब्याज परिवर्तन गर्न पाईंदैनथ्यो।

बैंक तथा बित्तीय संस्थाहरुले मुद्दति निक्षेपको अधिकतम ब्याजदरको औषत निकालेर सोमा बढिमा १० प्रतिशत वृद्धि गरेर मात्र ब्याजदर प्रकाशित गर्नुपर्ने भएको छ । यसअघि आफ्नो बैंकले प्रकाशित गरेको ब्याजदरमा १० प्रतिशत थप गरी व्याजदर प्रकाशित गर्न पाइने व्यवस्था थियो।

व्यक्तिगत मुद्दति निक्षेप मा ०.५० प्रतिशत थप गरेर दिन पाउने ब्यबस्था हटाइयो। अब बैंकहरुलाई ग्राहक हेरी ०.५० प्रतिशत थप ब्याजदर दिन पाउने छैनन्।

आफूसँगै रहेको निक्षेपमा पुन बोलकबोल गर्नुपरे ०.१० प्रतिशतसम्म थप गरी निक्षेप संकलन गर्न पाइनेछ।

यसको असरहरु

बैंकहरुले आफूखुसी ब्याजदर प्रकाशित गर्न पाउने छैनन् । सबै बैकहरुको संस्थागत निक्षेपको ब्याजदर ९.०५ प्रतिशतको हाराहारी हुने देखिन्छ भने व्यक्तिगत निक्षेपको ब्याजदर १०.०५ प्रतिशत हाराहारी हुने देखिन्छ।

बोलकबोलको निक्षेप जुन बैंकसँग छ, त्यही त्यही बैंकमै नवीकरण हुने अवस्थालाई देखिन्छ। यसले गर्दा बैंकहरुको निक्षेप तानातान भएर सीडी नै नाघ्ने अवस्थामा अली सहजता हुनेछ।

बैंकहरुले एउटै प्रकारको निक्षेपमा पनि मागेमा ०.५० प्रतिशत थप्ने नत्र कम दरमा नै निक्षेप लगिदिने काम बन्द भएको छ।

यसले हालको निक्षेप रु ४७.९१ खर्ब र कर्जा रु. ४५.३५ खर्बसहितको बैकिङको सीडी रेसियो ८९.९५ प्रतिशतलाई कुनै सहजता प्रदान गर्ने होइन तत्कालै बैंकिङको ब्याज दर निर्धारणको गाइडलाइन्स मात्र दिएको देखिन्छ।

सीडी रेसियो सहजता प्रदान गर्न अर्को निर्देशनको अपेक्षा गरिएको छ।

(ज्ञवाली नविल बैंकका महाप्रबन्धक हुन्)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *