नाडा प्रतिनिधिले भेटे अर्थमन्त्री, नीतिगत निरन्तरताको माग

काठमाडौँ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालज्यूको नेतृत्वमा गएको ८ सदसिय प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग आइतबार मन्त्रालयमा भेट गरेको छ ।

भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा सतप्रतिशत वृद्धि भएको र चालु आर्थिक वर्षमा अझ बृद्धि हुने जानकारी गराए । सरकारले ल्याएको उक्त नीतिको निरन्तरता दिन समेत उनले माग गरे ।

भेटमा अध्यक्ष दुलालले मिति २२ मंसिरदेखि काठमाडौँमा हुन लागेको नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अअतथ्यता ग्रहण गर्न समेत अर्थमन्त्रीलाई आग्रह गरे ।

उक्त भेटमा नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *