ओरालो यात्रामै नेप्से, कारोबार रकम ४ अर्बमा सीमित

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार(नेप्से) परिसूचक ०.०५ अङ्कले घटेको छ ।

आइतबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक १.३८ प्रतिशतले घटेर २६८८.९२ बिन्दुमा आइपुगेकाे पुगेको छ ।

सेन्सेटिभ परिसूचक ०.२५ अङ्कले बढेर ५०२.४४ बिन्दुमा पुगेको छ ।

आइतबार २ सय ३० कम्पनीका ७४ लाख ३४ हजार ५ सय ३७ कित्ता सेयर ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५ सय २५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

आइतबार बोटर्लस नेपाल तराई कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशत र तेह्रथुम पावर कम्पनी लिमिटेड झण्डै १० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *