१० हजार दर्शक क्षमताको कर्णाली प्रदेश रंगशाला निर्माण सम्झौता

काठमाडौँ । कर्णाली प्रदेश सरकारले निर्माण गर्न लागेको कर्णाली प्रदेश रंगशाला निर्मााण्का लागि सम्झौता भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद् र निर्माण ठेकेदार कम्पनी एमएसीजीएसएल जोइन्टभेन्टर (नेपाली र भारतीय व्यवसायीको संयुक्त उपक्रम) बीच आइतबार उक्त रंगशाला निर्माणको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार उक्त रंगशाला इपिसी (इन्जिनियरिङ–खरिद–निर्माण) मोडलमा निर्माण गरिने भएको छ । सम्झौत अनुसार ३० महिनामा निर्माण सकिने उक्त आयोजनाको निर्माण लागत १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँ हुनेछ ।

सम्झौता अनुसार रंगशालामा एएएफ स्टान्डर्ड आठ लेनको सेन्थेटिक एथलेटिक्स ट्रयाक हुनेछ । १० हजार दर्शक क्षमताको भूकम्प प्रतिरोधक प्यारापीट, ग्याल्वनाइज फलामको भीआइपी प्यारापीट दुइ तलाको हुनेछ । माथि छाना हुनेछ भीआइपी प्यारापीटसँगै खेलाडीको चेन्जिङ रुम‚ शौचालय‚ सावर‚ मिक्स जोन‚ मिमिया रुम‚ क्यान्टिन‚ रेफ्री रुम‚ मेडिकल रुम‚ फिजियोथेरापी रुम‚ भीआइपी वेटिङ तथा रिफ्रेस रुम हुनेछ ।

अण्डर ग्राउण्ड पार्कीङ समेत निर्माण गर्ने गरी डिजाइन गरिएको उक्त रंगशाला अपाङ्गमैत्री हुने छ ।

टीभी लाइव ब्रोकास्ट प्लेटफर्म, दर्शक क्षमता अनुसारको शौचालय, सुरक्षा मापदण्ड, ओम्पीक टर्च स्ट्याण्ड, फिना स्टान्डर्ड पौडी पोखरी, १ हजार ५ सय दर्शक क्षमता भएको बहुउद्देश्यीय कभर्डहल हुने छ । भलिबल‚ ह्याण्डबल समेत खेल्न मिल्ने कभर्डहल, ह्याण्डबल र बासकेटबल अउटडेर केर्ट, पब्लिक ट्वाइलेट पार्किङ ४० वटा सटरसहितका कम्पाउन्ड वाल, मुख्य प्रवेश द्वार, खेलाडी‚ दर्शक र समारोह प्रबेश द्वार हरियाली ल्याण्डस्केप र पार्कीङ फुटपाथ साथै पानीको फाउन्टेन पनि राखिने छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा सम्झौता भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *