रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ३ घाइते

काठमाडौँ । रोल्पामा पिकअप जीप दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । बिहान माडी गाउँपालिका ६ हान्निङबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटनामा हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीका अनुसार दुई पुरुष र एक महिलाको मृत्यु भएको छ भने थप तीनजना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको डिएसपी सुवेदीले बताए ।

मृतक र घाइतेको परिचय खुलिसकेको छैन । ‘दुर्घटनास्थल निकै भिरालो छ,’ उनले भने, ‘तैपनि प्रहरीले अरू पनि दुर्घटनास्थलमा छन् कि भनेर खोजी गरिरहेको छ ।’ जीप नम्बर कति जना सवार थिए भन्ने पनि नखुलिसकेको डिएसपी सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *