ढाका कपडा तथा वस्तु उत्पादन प्रदर्शनी पुसमा हुने

काठमाडौँ । ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन र बजारीकरण गर्न व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता काठमाडौँमा आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुसकाे २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रर्दशनी र सम्मेलन हुने भएको हो ।

विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित गर्न कठिनाई परेको विगतको अनुभवको आधारमा सो संघलाई पुर्नगठन समेत गर्ने गरी पुस २ गते देशभरका ढाका उद्योगी तथ व्यवसायीहरुको राजधानीमा भेला आयोजना गरिन लागेको हो । यस्तै पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी पनि आयोजना गर्ने गरी तयारी भइरहेको संघले जनाएको छ ।

परापूर्वकालदेखि चलिआएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पूँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित रहेको छ । ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिने भन्दै संघले देशको सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्म सबै ग्रामिण, अर्धशहरी तथा शहरी क्षेत्रहरुमा घरायसी एवं व्यवसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग गर्ने कार्य हुँदै आएको छ ।

यसबाट ग्रामीण क्षेत्रमा स्व–रोजगार तथा रोजगार एवं आय वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अर्कोतिर अन्य मुलुकहरु खास गरेर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्डलगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापार घाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु(याउँदै आउनुका साथै आयातित कपडाहरुलाई प्रतिस्थापन गर्न सहयोग पु(याउँदै आएको महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले बताए ।

देशकै यस्तो महत्वपूर्ण मौलिक उत्पादनका खास गरेर तीन वटा महत्वपूर्ण पाटाहरु रहेको भन्दै उनले भने, ‘पहिलो स्वदेशी वजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पु¥याउनु, दोस्रो स्थानीयस्तरमा रोजगारी श्रृजना गर्नु, ढाका वस्तु उत्पादन गरी बजारीकरण र त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र तेस्रो नेपाली मौलिक उत्पादनको विश्व वजारमा प्रचार, प्रसार र पहिचान एवं प्रवद्र्धन हुन गई फेशन इण्डष्ट्रिमा परम्परागत र नविन वस्तुको रुपमा स्थापित हुनु हो ।’

अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था रहेको संघको भनाई छ । अहिले पनि ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहेका छन तर यस्ता निर्यात भएका ढाका उत्पादनहरुको लेखाजोखा र तथ्यांक राख्ने कार्य भने भएको देखिँदैन । विभिन्न शिर्षक जस्तै हस्तकलाका वस्तु वा सुती कपडाअन्तर्गत ढाकाका बस्तुहरु निर्यात भईरहेका छन् । देशभर पाँच हजारभन्दा बढी व्यवसायीहरु रहेका छन् भने एक लाख भन्दा बढीलाई रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवद्र्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुनु आवश्यक छ,’ संघका अध्यक्ष रमेश श्रेष्ठले भने ।

हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा हाल यसका उत्पादनहरुमा वजारको माग तथा बद्लिदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको छ । ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्याहरु तथा समाधानका उपायहरुको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सूती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयास लगायत ढाकासँग यावत विषय बारे गहन छलफल गर्न ढाका उद्यमीको राष्ट्रिय भेला बोलाउन लागिएको जानकारी संघले दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *