बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्स बिच रेमिट्यान्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले मोडर्न रेमिटान्स प्रालिसँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको छ ।

बैंकले यस सम्बन्धमा नेपालका विभिन्न भू-भागमा रेमिट्यान्स सेवा पुर्‍याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स प्रालि मार्फत पठाएको भएको रकम नेपाल भित्ररहेको बैंकको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा सम्बन्धित महानुभावले भुक्तानी पाउन सकिने जनाएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *