ड्रोनबाट देखिएको पोखराको भाइरल रोड (भिडिओ)

पोखरा । मध्य पहाडी लोकमार्ग अन्तर्गत कास्की खण्डको काम भइरहेको छ । जिल्लाको आधा खण्डमा काम करिब सकिने चरणमा छ भने आधा खण्डको अझै ट्र्याक निक्र्यौल भएको छैन । लमजुङको मध्य नेपालबाट कास्की छिर्ने मध्य पहाडी लोक मार्गको भैँसेदेखि याम्दीसम्मको ट्र्याक अहिलेसम्म टुङ्गो लागेको छैन ।


याम्दीदेखि नयाँ पुलसम्म काम सकिने चरणमा छ । यसैबीच, याम्दीमा निर्माण भएको सडक र त्यहाँ गरिएको रंगरोगनले अहिले यो सडक सामाजिक सञ्जालमा भाइरल भएको छ । फोटो शेयर गर्दै सबै राजनीतिक दलका कार्यकर्ताहरूले आफैले जस लिन खोजेका छन् ।

केहीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको भिजनमा काम भएको भनेका छन् भने केही केपी ओली नेतृत्वको सरकारका पालामा काम गरिएको भनेर जस लिएका छन् ।

कोही भने काँग्रेस सरकारमा आएपछि सडक राम्रो भएको भनेका छन् । तर कास्की भित्रै दसौँ वर्षदेखि ट्र्याक पत्ता लगाउन नसकेको खण्डको भने कसैले जिम्मेवारी लिएका छैनन् । एकले अर्कोलाई दोष दिएर उम्किएका छन् ।

भिडिओ…

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *