दराजकाे ११.११ को नयाँ रेकर्ड

काठमाडौँ । दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड तोड्न सफल भएको छ । ३६ करोड भन्दा बढीको बिक्री साथ यो अहिलेसम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल हुन सफल भएको पनि कम्पनीले जानकारी दिएको छ । २४ घण्टाभित्र ७ लाख अनलाइन प्रयोगकर्ताहरु दराज एप प्रवेश गरेका थिए ।

अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउँदै गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ। गत वर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशत भन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ । ११.११ मा बिक्री गर्ने हजारौँ व्यवसायहरू मध्ये, ५५ प्रतिशतले महामारीको समयमा दराजमा बिक्री सुरु गरेका थिए।

यो कम्पनीले विगत डेढ वर्षमा साना र मझौला उद्यमहरूको व्यवसायहरू उत्थान गर्न जारी गरेको प्रयासहरूको परिणाम हो। दराज समूहका सिइओ र संस्थापक बियार्के मिक्केलसेनले भने, “हामी आजको नतिजाबाट खुसी छौँ। ११.११ को सफलताले दराजको बल र ग्राहकहरूले खरिद गर्ने उत्पादनको गुणस्तरलाई रेखाङ्कित गर्दछ। यति मात्र नभई, यो एक दिनको सेलले कसरी साना र मझौला उद्यमहरूले आफ्नो सम्भावनालाई अनलाइनबाट वृद्धि गर्न सक्छन् भनेर पनि चित्रण गर्दछ।”

पहिलो ११.११ अर्डर सोही दिनको बिहान ८ बजे डेलिभर गरिएपछि, कम्पनीको ध्यान अब आफ्ना ७ लजिस्टिक पार्टनर र १,००० भन्दा बढी डेलिभरी राइडरहरूसँग मिलेर देश भरका ४७ सहरहरूमा प्रत्येक अर्डर डेलिभर गर्नमा पूर्ण रूपमा केन्द्रित छ।

११.११ को सफलता पछि, आउने दिनहरूमा ग्राहकहरूको लागि ११.११ का लोकप्रिय अफर र विभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने दराजले घोषणा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *