कामना सेवा बैंकद्वारा बरुवा बजार र त्रिवेणीधाममा डस्टवीन वितरण

काठमाडौँ। कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्टवीन वितरण गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी जिल्लाको सुस्ता स्थित बरुवा बजार र प्रसिद्ध धार्मिक स्थल त्रिवेणीधाममा डस्टवीन वितरण कार्यक्रम सम्पन्न गरेको हो । उक्त कार्यक्रममा बैंकका सम्पूर्ण कर्मचारी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरूमा यस्ता सामाजिक कार्यहरू गर्दै आइ रहेको र आगामी दिनहरूमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *