कामना सेवा विकास बैंककाे वार्षिक उत्सवमा रक्तदान

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा क्षेत्रीय कार्यालय बुटवलको आयोजनामा सामाजिक उत्तर दायित्व अन्तर्गत रुपन्देही जिल्लाको बुटवल स्थित रक्त सञ्चार केन्द्रमा रक्तदान गरेको छ ।

कार्यक्रमका बैंकका सञ्चालक समिति सदस्य भीम प्रसाद तुलाचन, बैंकका पूर्व सञ्चालक तथा लुम्बिनी प्रदेश सांसद भोज प्रसाद श्रेष्ठ, बैंकका पूर्व सञ्चालकहरू तथा संस्थापक शेयरधनीहरू, बैंकका क्षेत्रीय प्रबन्धक लगायत कर्मचारीहरूको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

बुटवल क्षेत्रमा रहेका २४ वटै शाखा कार्यालयहरू बाट सप्ताहव्यापी रूपमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, वृक्षारोपण, सार्वजनिक स्थल सरसफाइ तथा जनचेतना, विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण, विपन्न वर्गका विद्यार्थीलाई न्यानो कपडा वितरण, वालमन्दिरका वाल बच्चाहरूलाई फलफूल वितरण, अनाथ आश्रममा आश्रितलाई स्वास्थ्य सामाग्री वितरण, प्रहरी कार्यालयमा यूरो फिल्टर वितरण सार्वजनिक स्थलहरूमा डस्टवीन वितरण जस्ता कार्यहरू गरेर बैंकको वार्षिक उत्सव मनाएको बैंकका क्षेत्रीय प्रबन्धक मोहन दत्त खनालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *