कामना सेवा विकास बैंकको १५औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले १५ औँ वार्षिक उत्सवमा विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ ।

बैंकका अध्यक्ष्य सुदिप आचार्यको अध्यक्षता तथा काठमाडौँ महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सञ्चालक सिता घिमिरेले उपस्थित सबैलाई स्वागत गरेका थिए ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  वार्षिक उत्सवको उपलक्ष्यमा हिमाल अस्पतालको सहकार्यमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर पनि सफलतापूर्वक सम्पन्न गरेको हो ।

यस सँगै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २१ कार्तिक देखि २७ कार्तिक सम्म साता भरी देशको विभिन्न स्थानहरूमा आफ्नो शाखाहरू मार्फत १५ भन्दा बढी सामाजिक कार्यक्रमहरू त्यस्तै, सरसफाइ तथा डस्टबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, वित्तीय साक्षरता कार्यक्रम, बाल तथा वृद्धाश्रममा खाद्यान्न तथा अन्य सामग्रीहरू वितरणका साथै समाजका उत्थानका लागि अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरी सफलता पूर्वक आफ्नो वार्षिकोत्सवको सम्पन्न गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *