यस्तो छ खुकुरी रमको ‘नयाँ लुक्स’ (भिडिओ सहित)

काठमाडौँ । खुकुरी रमले आफ्नो नयाँ प्याकेजिङ (प्याक) सार्वजनिक गरेको छ । रमले कोभिड सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी काठमाडौँमा कात्तिक २६ गते शुक्रबार एक विशेष समारोहकाबीच नियाँ प्याक सार्वजनिक गरेको हो ।

२० वर्षदेखि अस्तित्वमा रहेको पछिल्लो प्याकेजिङ परिवर्तन गरी विश्वविख्यात कम्पनीबाट डिजाइन गरिएको आकर्षक लुक्ससहितको नयाँ प्याक सार्वजनिक गरिएको हो । खुकुरी रम उत्पादन गर्ने ‘द नेपाल डिस्टीलरिज’ सन् १९५९ मा स्थापना भएको कम्पनी हो । कम्पनी स्थापनाको ६२औँ वर्षमा समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्वस्तरीय एवम् वातावरणमैत्री रूपमा बजारमा उतारेको छ ।

लन्डनको विश्वविख्यात कम्पनीले डिजाइन गरेको नयाँ प्याकले कार्यक्रममा उपस्थित सबैको ध्यान तानेको देखिएको थियो । भौतिक रूपमा नयाँ प्याकेजिङ सार्वजनिक समारोहमा उपस्थित भएका र अनलाइनमार्फत विश्वभरबाट कार्यक्रममा जोडिएकाहरूले नयाँ प्याक विश्वस्तरीय देखिएको भन्दै तारिफ गरेका थिए ।

खुकुरी रमले आफ्नो प्याक परिवर्तन गर्नुअघि देश विदेशका ग्राहकहरूमाझ रिसर्च समेत गरेको थियो । प्याक डिजाइन गरिसकेपछि पनि ग्राहकहरूको प्रतिक्रिया लिइएको थियो । प्याक परिवर्तन गर्नुअघि र पछिका ग्राहकहरूबाट आएका प्रतिक्रियाहरूलाई समेत ध्यानमा राखेर नयाँ प्याकेजिङमा नेपाली सम्पदा, मौलिकपन र परम्पराहरू झल्किने गरी विशेषताहरू समावेश गरिएका हुन् ।

प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन नगरिएकोमा कार्यक्रममा अतिथिको रूपमा आमन्त्रित सेलिब्रेटीहरु तथा अन्य विशिष्ट अतिथिहरू खुशी देखिएका थिए । उही पुरानो स्वाद र आकर्षक प्याकले खुकुरी रमले आफ्नो ग्राहकको मनमा अझ अटूट छाप छाड्न सफल हुने उनीहरूको विश्वास छ ।

बिस वर्षदेखि ग्राहकको हृदयमा रहेको खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरू एक महिनाअघि नै बन्द भइसकेका छन् । तर, नयाँ प्याक लन्च नहुन्जेल बजारमा रहेकोले कतिपय ग्राहकले बिसौँ वर्षदेखि आफूहरूको हृदयमा राज गरेको खुकुरी रमको पुरानो प्याक सम्झनाका लागि राखेको समेत सो क्रममा बताएका थिए ।

हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन भएको हो । खुकुरी रमको वर्षदेखिको मौलिक प्याकेजिङलाई ग्राहकको आकाङ्क्षाअनुरूप परिष्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरूको मन जित्ने विश्वास खुकुरी रमको उत्पादक, द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले व्यक्त गरे ।

खुकुरी रम नेपाली गौरवको प्रतिनिधित्व गर्दै नेपालबाट देश विदेशमा गिफ्टको रूपमा सबैभन्दा धेरै लगिने वस्तु पनि हो । उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रूपमा ध्यान दिइएको उल्लेख गर्दै उनले भने,‘बरु त्यो अनुभव अझ विशेष बनोस् भन्ने हाम्रो चाहना हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *