कामना सेवा विकास बैंकद्वारा औषधि र ह्वील चियर सहयाेग

काठमाडौँ । कामना सेवा विकास बैंकले १५ औँ वार्षिक उत्सवको अवसरमा गोकर्णेश्वर नगरपालिका–६, नारायणटारस्थित नेपाल अपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’ लाई औषधि तथा ह्वील चियर वितरण कार्यक्रम गरेको छ ।

बैंकका कर्मचारी, संघका पधादिकारी, वडा अध्यक्ष रमेश अर्याल तथा स्थानीय उपस्थितिमा बैंकले उक्त सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

बैंकले आफ्नो वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

देशैभरीका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टरमार्फत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको बैंकले जनाएको छ ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लाने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *