हवाई इन्धनकाे मूल्य बढेपछि नयाँ ‘फ्युल सरचार्ज’ प्रस्ताव, भाडा बढ्ने

काठमाडौँ । वायु सेवा सञ्चालक संघले हवाई इन्धनको मूल्य वृद्धि भएपछि विभिन्न उडान गन्तव्यका लागि फ्युल सरचार्ज बढाउन नागरिक उड्डयन प्राधिकरणलाई प्रस्ताव गरेको छ ।

शनिबारबाटै लागू हुने गरी संघले फ्युल सरचार्जको विवरण वृद्धि गर्न प्रस्ताव गरेको हो । नेपाल आयल निगमले पछिल्लो समय हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले मूल्य वृद्धि गरेपछि सोही अनुपातमा संघले फ्युल सरचार्ज बढाउन प्रस्ताव गरेको जनाएको छ ।

हवाई इन्धनको मूल्य वृद्धि भएको वा घटेको ४८ घण्टाभित्र नयाँ सरचार्ज तोकिने गरेको छ । उडड्यन प्राधिकरणले उक्त सरचार्ज अनुमोदन गरेछि नयाँ हवाई भाडादर निर्धारण हुने जनाएको छ ।

गत अक्टोबर ३० तारिकअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य १० रुपैयाँले वृद्धि भर्इ ९६ रुपैयाँ कायम भएको थियो । त्यसको ठिक १० दिनपछि अर्थात् नोभेम्बर १० तारिकमा ५ रुपैयाँ वृद्धि गरी लिटरको एक सय एक रुपैयाँ कायम गरेको हो।

बुद्ध, यती, श्री, सौर्य, गुण लगायत वायुसेवा कम्पनीले ट्रंक रुटतर्फका विभिन्न गन्तब्यमा नियभित उडान गर्दै आएका छन् भने सिता, तारा, समिटलगायत विभिन्न वायुसेवा कम्पनीले स्टल रुटतर्फ नियमित उडान गर्दै आएका छन्।

यस्तो छ विभिन्न गन्तव्यका लागि नयाँ फ्युल सरचार्जको विवरण

गन्तब्यफ्युल सरचार्ज पहिलाफ्युल सरचार्ज अहिलेफरक
काठमाडौं-माउन्टेन३२९५३४६५१७०
काठमाडौं-पोखरा१५२०१६००८०
काठमाडौँ-भैरहवा१९७५२०८०१०५
काठमाडौं-विराटनगर२३०५२४२५१२०
काठमाडौ-भद्रपुर२८८०३०३०१५०
काठमाडौं-नेपालगञ्ज३१३०३२९०१६०
काठमाडौं-जनकपुर१२३५१३००६५
काठमाडौं-सिमरा८६५९१०४५
काठमाडौं-भरतपुर१०२५१०८०५५
काठमाडौं-तुम्लिङटार१७७०१८६०९०
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *