धितोपत्र बोर्डको सञ्चालकमा अञ्जन श्रेष्ठ नियुक्त

काठमाडौँ। नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा अञ्जन श्रेष्ठ नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फतबाट उपाध्यक्ष श्रेष्ठलाई धितोपत्र बोर्डको सञ्चालक समितिमा श्रेष्ठलाई सदस्य नियुक्त गरिएको हो ।

यसअघि धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व गरेका महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि भएका विरोधका कारण उनले बोर्ड सदस्यबाट राजीनामा दिएका थिए ।

नेप्सेमा सूचिकृत कम्पनी सञ्चालक नै नियामक निकाय धितोपत्र बोर्डको सञ्चालक समितिमा बस्दा स्वार्थ बाझिने भन्दै ढकालको विरोध भएको थियो ।

ढकाल नेप्सेमा सूचीकृत चन्द्रागिरि हिल्सलगायत कम्पनीका सञ्चालक हुन् । यसले गर्दा उनको बोर्डमा भएको प्रतिधित्वको विरोध भएको थियो ।

बोर्ड सदस्य नियुक्त भएपछि श्रेष्ठ बिहीबार नै बोर्डको बैठकमा सहभागीसमेत भएका छन् ।

श्रेष्ठ साल्ट ट्रेडिङ कर्पोरेशनमा पनि सञ्चालक रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *