वोमी लघुवित्तकाे लाभांश घोषणा

काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट सेयर धनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको जनाएको छ ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *