सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
२०७८ कार्तिक २६ गते

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।
यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार हुनेछ ।
२०७८ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








