राताम्मे नेप्से, कारोबार रकम ५ अर्बमाथि

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक ५९.५७ अङ्कले घटेको छ । हिजो बुधबार पनि नेप्से ७९ अकंले घटेको थियो ।

बिहीबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.१७ प्रतिशतले घटेर २६९०.२९ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक १०.६३ अङ्कले घटेर ५०२.१९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक घटेका छन् ।

बिहीबार २ सय २५ कम्पनीका ९४ लाख ७५ हजार ९ सय ४६ कित्ता सेयर ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रुपैयाँमा खरिद\बिक्री भएको छ ।

आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशत र तेह्रथुम पावर कम्पनी लिमिटेड झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *