भुस पोल्ने पर्व मनाउन सार्वजनिक बिदा

पोखरा । बागलुङको ताराखोला गाउँपालिकाले भुस पोल्ने पर्वको अवसरमा भोलि (शुक्रबार) सार्वजनिक बिदा दिने घोषणा गरेको छ । कार्यपालिका बैठकले भुस पोल्ने पर्व मनाउन पालिकाभरि सार्वजनिक बिदाको निर्णय गरेको हो ।

ताराखोला क्षेत्रमा यो ऐतिहासिक पर्व हो । गाउँपालिकाको वडा नम्बर २ अर्गलमा बर्सेनि कात्तिक २४ देखि २६ गतेसम्म भुस पोल्ने पर्व मनाइन्छ । पाल्पाको अर्गलीबाट बसाइँ सरेर आएका मगर समुदायका नागरिकहरूले बागलुङको अर्गलमा खोरिया खनेर बस्ती बसाएका थिए ।

सोही दिनको सम्झनामा भुस पोल्ने पर्व मनाइएको पालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । पर्वमा प्रकृति पूजा हुन्छ भने भुस पोल्ने र मृत्यु संस्कारका सांस्कृतिक कार्यक्रम गरिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =