दराजको ‘सेल डे’मा डेबिट कार्डमार्फत् भुक्तानी गर्दा १५ प्रतिशत छुट हुने

काठमाडौँ। दराजले आफ्नो सबैभन्दा ठूलो एक दिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ । यो अभियान आधिकारिक रूपमा कार्तिक २४ हिजोदेखि सुरु भएको छ भने यस वर्षको ११.११ विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ ।

यस अभियानको मुख्य हाइलाइटहरु भने ११ लाख सामानहरूमा ५ करोडसम्मको छुट, रु ११,००० सम्मको मेगा भाउचर, प्रि पेमेन्टमा १५ प्रतिशत अधिकतम रु ३५०० सम्म छुट, खेल एक रुपैयाँ र मेगा गिभअवेको रूपमा ११ टिभिएस रेडर मोटरसाइकल रहेको कम्पनीले जानकारी दिएको छ ।

थप हाइलाइटहरूमा एड टु कार्ट , फलो एन्ड विन , रिभिउ एन्ड विन , नयाँ युजर भाैचर , रिफर एन्ड विन र दराज जेम्स समावेश छन् । बैंक छुटको सन्दर्भमा, ११.११ मा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्डमार्फत् १५ प्रतिशत अधिकतम रु ३००० र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत अधिकतम रु ३५०० बचत गर्न सक्नेछन् ।

नबिल बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, नेपालएसबीआई बैंक, बैंक अफ काठमाडौँ, मेगा बैंक, एनसीसी बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक र सांग्रिला बैंकका ग्राहकहरूले माथि उल्लेखित छुटहरू प्राप्त गर्न सक्नेछन् । यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन् । तसर्थ, ग्राहकहरूलाई ११.११ सुरु हुने बित्तिकै छुट प्राप्त गर्न अनुरोध गरिएको छ ।

यसै गरी एनआईसी एशिया बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनएमबी बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट  ० प्रतिशत ब्याजमा सजिलो मासिक किस्ता योजनाको मजा लिन सकिनेछ । साथै, आईएमईपे वा ईसेवामार्फत भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम रु ११११ सम्मको अतिरिक्त छुट पाउन सक्नेछन् ।

यस वर्षको ११.११ मा नयाँ रियलमि जीटि नियो टु जीको विशेष लन्चको साथै फेसन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहर, र थप अन्य विभिन्न कोटीहरूमा विशेष डिल्स र प्रस्तावहरू रहेको छ । सामसङ, फिलिप्स, रोटो, सिजी डिजिटल, लेनोभो र अन्य गरी २२ प्रचलित ब्रान्डहरूले विशेष छुट दिने जानकारी सँगसँगै टिभीएस, कोका कोला र सनसिल्क ११.११ का विशेष साझेदारहरू रहेको कुरा पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =