युवक हत्या प्रकरण : हत्या आरोपमा नौ जना पक्राउ

धनगढी । कैलालीको टीकापुरमा मंगलबार राति हत्या गरिएका लम्कीचुहा नगरपालिका-१ भूपेन्द्र बडुवालको हत्यामा संलग्नताको आशंकामा प्रहरीले ९ जनालाई गरेको छ ।

२२ वर्षीय बडुवालको मंगलबार राति ९ बजेतिर टीकापुर बजारमा एक समूहले चक्कु प्रहार गरेर हत्या गरेको थियो । मृतक भूपेन्द्रका आफन्तले १४ जनाका नाममा ईलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

जाहेरीमा नाम परेका र पक्राउ परेकाहरुको छानविन गरेर सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

घटनामा चिसापानीका नविन रावल जोडिएपछि उनका परिवारलाई सोधपुछ र सुरक्षाका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

पूर्वपश्चिम राजमार्ग अवरुद्ध
भूपेन्द्र हत्याको विरोधमा उनका आफन्त र स्थानीय मंगलबार दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

घटनामा संलग्नहरू पक्राउ परिसकेपछि दिउँसो केहीबेर राजमार्ग खुले पनि स्थानीय युवाको अर्को जत्थाले ईलाका प्रहरी कार्यालय लम्कीको गाडी र नेपाली सेनाको ट्रकमा ढुंगामुडा गरेपछि अहिले पुनः राजमार्ग अवरुद्ध भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन सात सेल अश्रूग्यास हान्नु परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *