कमेडियन विक्कीलाई मातृशोक
२०७८ कार्तिक २३ गते

काठमाडौँ । कमेडियन विक्की अग्रवाललाई मंगलबार मातृशोक परेको छ । ‘कमेडी च्याम्पियन-२’ का फर्स्ट रनरअप अग्रवालकी आमा दुर्गा मगरको मंगलबार निधन भएको हो ।
दिउँसो तीन बजे मिटिङका लागि भन्दै आमालाई कोठामै छाडेर निस्किएका विक्कीले बेलुकी सात बजे फर्किँदा आमालाई अचेत अवस्थामा फेला पारेको हास्य कलाकार मनोज गजुरेलले जानकारी दिए ।
आफूसँगको छोटो भेटमा लामो लामो माया लगाएको भन्दै कलाकार गजुरेलले फेसबुकमार्फत मृतकको आत्माशान्तिको कामना गरेका छन् ।
मधुमेह र उच्च रक्तचापको बिरामी भएकी उनलाई मंगलबार बेलुकी नै उपचारका लागि मेडिकेयर अस्पताल पुर्याइएको थियो ।
विक्की भारतको सिक्किममा बस्ने नेपाली भाषी हुन् ।
२०७८ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








