तीन प्रदेश प्रमुख नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले  सरकारको सिफारिसमा नेपालको संविधानको धारा १६३ उपधारा २ बमोजिम प्रदेश नं १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिममा बाजुराका देवराज जोशीलाई मंगलबार नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यही कात्तिक २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन जना प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आजै तीन जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

यसअघि प्रदेश एकमा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिममा गङ्गाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *