उपाध्यायको नेतृत्वमा बैंकर्स संघको नयाँ कार्यसमिति चयन

काठमाडौँ । नेपाल बैंकर्स संघले नयाँ कार्यसमिति चयन गरेको छ । वर्तमान अध्यक्ष भुवकुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो ।

उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । त्यसैगरी संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार मिश्र, मेगा बैंकी अनुपमा खुण्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दीपककुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआईसी एसिया बैंकका रोशनकुमार न्यौपाने चयन भएका छन् ।

मंगलबार काठमाडौँमा गरिएको नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा लगानी र ब्याजदर समायोजन गर्दा संयमता अपनाउन बैंक तथा वित्तीय क्षेत्रहरुलाई सुझाव दिएका छन् ।

उनले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधानका लागि बैंकहरू संयम हुन सुझाव दिएका हुन् ।

उनले आफ्नो क्षमताअनुसार मात्रै कर्जा लगानी गर्न भनेको स्मरण गर्दै कोभिडपछि अर्थतन्त्रको पुनरुत्थानले गति लिएको कारण पनि समस्या देखिएको धारणा राखे ।

गभर्नर अधिकारीले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्दा त्यसले मुलुकको अर्थतन्त्रलाई समेत सहयोग गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =