म्याग्दीमा जिप दुर्घटना, चार जना घाइते

पोखरा । म्याग्दीमा जिप पल्टिँदा ४ जना घाइते भएका छन् । बागलुङको तमानखोलाबाट म्याग्दीको मालिका- ६ दरबाङका लागि छुटेको बोलेरो जिप ओखरबोटमा दुर्घटना भएको हो ।

ध १ च १९५ नम्बरको जिप ओखरबोटस्थित सडकमा ब्रेक फेल भएर पल्टिएको हो । दुर्घटनामा तमानखोला ४ की पोपसरा बुढामगर, १३ वर्षीय हेलिस बुढामगर, २० वर्षका मिलन बुढामगर र ४२ वर्षकी टकसरा बुढा मगर घाइते भएका हुन् ।

उनीहरू सबैजना एकै परिवारका हुन् । उनीहरुको अवस्था गम्भीर भएकोले हेलिकोप्टरबाट उद्धार गरेर काठमाडौँ पठाइएको छ । घाइतेहरूको टिचिङ अस्पतालमा उपचार भइरहेको म्याग्दी प्रहरीले जनाएको छ । ८ जना सवार जिपका अन्य यात्रु भने सामान्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + four =