नेप्सेमा पहिरो ७९ अकंले घट्यो, कारोबार रकम साढे ६ अर्बमा सीमित

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मगंलबार सेयर बजार (नेप्से) परिसूचक ७९.७९ अङ्कले घटेको छ । हिजो सोमबार पनि नेप्से दोहोरो अकंले घटेको थियो ।

मगंलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक २.८२ प्रतिशतले घटेर २७४९.८५ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक १६.०२ अङ्कले घटेर ५१२.८२ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक घटेका छन् ।

मगंलबार २ सय २५ कम्पनीका १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५ सय ४७ रुपैयाँमा खरिदरबिक्री भएको छ ।

यसदिन साहस ऊर्जा कम्पनी र तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *