गुडिरहेको गाडीको सिटमै प्राण त्यागे लालबहादुरले

काठमाडौँ । सल्यानमा एक यात्रुको गाडीभित्र मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका-९ बेलुकाका ५४ वर्षीय लालबहादुर वलीको गुडिरहेको गाडीको सिटमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गअन्तर्गत रुकुमबाट तुलसीपुर हुँदै नेपालगञ्जका लागि आउँदै गरेको बा प्र-०१००६-ख २५९४ नम्बरको हायसभित्र सिटमै बसेको अवस्थामा वली मृत्यु भएको हो । तर सँगै यात्रा गरिरहेकाहरूले समेत वलीको मृत्यु भइसकेको कुरा थाहा पाएनन् ।

सल्यानको बागचौर नगरपालिका-२ थारमारेमा आएर गाडी रोकिएपछि मात्रै वलीको मृत्यु भइसकेको कुरा अरू यात्रुले थाहा पाएका थिए । ‘खाना खाएर आइसकेपछि भतिजी नाता पर्ने महिलाले बोलाउन खोज्दा नबोलेपछि उनी बितिसकेको थाहा भयो,’ प्रहरीले भन्यो ।

वली रुकुम पश्चिम चौरजहारी-१२ नुवाकोटमा तिहारको टीका लगाउन गएका थिए । त्यहाँबाट फर्किँदै गर्दा यात्राकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *