दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्बमाथि

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार (नेप्से)परिसूचक १९.२० अङ्कले घटेको छ ।

सोमबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.६७ प्रतिशतले घटेर २८२९.६४ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक २.७१ अङ्कले घटेर ५२८.३७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहका सूचक बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन् ।

सोमबार २ सय ३० कम्पनीका ७२ लाख ७ हजार ३ सय ९६ कित्ता सेयर ४ अर्ब ४२ करोड ७ लाख १९ हजार १ सय ३ रुपैयाँमा खरिद/बिक्री भएको छ ।

सोमबार साहस ऊर्जा कम्पनी र आईसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्य १० प्रतिशतले र तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *