देउसी खेलिरहेको बेला बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ । हेटौँडामा देउसी भैलो खेलिरहेको बेला यात्रुवाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानी नजिक बसले ठक्कर दिँदा दुई युवकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार ठक्करबाट हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्ले-३ का ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरीको मृत्यु भएको छ । घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पताल र तीन जनाको भरतपुरमा उपचार भइरहेको छ ।

हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका थिए । आगजनीबाट बस जलेर पूर्णरूपीमा नष्ट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =