शिलान्यास भएको १५ वर्षपछि बल्ल धर्मशाला बन्यो

काठमाडाैँ । बाराको परवानीपुर गाउँपालिका-५ बहुअरीमा निर्माण थालिएको १५ वर्षपछि बल्ल विष्णुनारायण धर्मशालाको निर्माण पूरा भएको छ । विसं २०६३ मा शिलान्यास गरिएको धर्मशाला बनाउन १५ वर्ष लाग्यो । यसका लागि ५९ लाख खर्च भएको निर्माण समितिका अध्यक्ष सुरेशप्रसाद कुर्मीले जानकारी दिए ।

गाउँपलिकाले २० लाख र प्रदेश सरकारले ३० लाख, साविकको जिल्ला विकास समितिले छ लाख ५० हजारका साथै विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको आर्थिक सहयोगमा धर्मशाला निर्माण गरिएकोे हो ।

चौहत्तर फिट लम्बाइ र ५६ फिट चौडाइको धर्मशालामा बैठक कक्ष र सात वटा कोठा छन् । शर्मशाला विवाह, पाटी, व्रतबन्धलगायत सामाजिक कार्यमा यसलाई प्रयोगमा ल्याइने जनाइएको छ ।

शौचालय र भान्छाघर बनाउन रकम अभाव
धर्मशालामा ५९ लाख खर्च भइसके पनि शौचालय तयार भइसकेको छैन । सेफ्टीट्याङ्कीको काम सम्पन्न भइसकेको छ । माथिको संरचना तयार गर्न रकम अभाव छ । धर्मशाला पछाडिको खाली जमिनमा भान्छाघर बनाउने योजना रहेको निर्माण समितिका अध्यक्ष कुर्मीले बताए । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *