ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर विष्फोट, चार जनाको मृत्यु

काठमाडौँ । ललितपुरको मंगलबजार क्षेत्रमा पर्ने चक्रबहिलमा खाना पकाउने ग्यास सिलिन्डर विष्फोट हुँदा चारजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

चक्रबहिलको एक घरमा बेलुकी पौने ७ बजेतिर सिलिन्डर विष्फोट भएको ललितपुर प्रहरीले जनाएको छ ।
मृत्यु भएकामध्ये ६५ वर्षीय लक्ष्मीप्रसाद ताम्राकार, अन्जना ताम्राकार, रत्ना ताम्राकार र १० बर्षका निर्जल ताम्राकार रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ । घटनास्थलमा पुगेर थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।

घरमा आगलागी भएको छ । म्ह पूजा गर्ने क्रममा आगलागी भएर पछि सिलिन्डर विष्फोट भएको हो वा सिलिन्डर विष्फोट भएर आगलागी भएको हो भन्ने खुलिनसकेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *