दिपावली गर्ने क्रममा अनामनगरको कार्की भवनमा लागेको आगो नियन्त्रणमा
२०७८ कार्तिक १८ गते

काठमाडौँ । अनामनगरको कार्की भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो । आगलागीको कारण थाहा भनइनसकेको तर आज लक्ष्मीपूजाको लागि बत्ति बाल्ने क्रममा विजुली शर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण संकलन गर्ने काम भइरहेको र उक्त भवनमा सबै कार्यालयहरू मात्र रहेको पनि प्रहरीले जनाएको छ ।
घरधनी रञ्जु कार्कीले भवन ३५ लाखको सामान जलेको जानकारी दिइन् ।

२०७८ कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित









