१७ कम्पनीविरुद्ध राजस्व छलिको मुद्दा, २ अर्ब ३६ करोड बिगाे

काठमाडौँ । राजस्व अनुसन्धान विभागले विभिन्न शीर्षकको कर छलि गर्ने १७ कम्पनी विरुद्ध मुद्दा दायार गरेको छ। २ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा दायार गरेको हो।

विभागले रौतहटको सांग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेश्नल, मयंक इन्टनेश्नल, शुभलक्ष्मी इन्टरनेश्नल, महादेव इन्टरनेश्नल विरुद्ध मुद्दा दायार गरेको छ। यी कम्पनी विरुद्ध १ अर्ब ७ करोड बिगो माग दाबी गरेको छ। मुख्य अभियुक्त पलट राउत महिर रहेका छन्।

यस्तै महालक्ष्मी ट्रेड कन्सर्नका मुख्य संचालक संजयप्रसाद कलवार विरुद्ध ७२ करोड १८ लाख बराबरको बिगो माग दाबी गरेको छ। यसैगरी पर्सा जिल्लाको चन्दन सप्लायर्स विरुद्ध ७२ करोड ४४ लाख बराबरको बिगो माग गरेको छ। यो कम्पनीका सञ्चालक चन्दन पटेल रहेका छन्।

यसैगरी हनुमान सप्लायर्सका सञ्चालक जगदिश महतो नुनिया विरुद्ध पनि मुद्दा दायार गरेको छ। यस्तै अनुसन्धान विभागले जीएम इम्पोर्ट एण्ड एक्सपोर्टका सञ्चालक नसिबकुमार झा विरुद्ध पनि २८ करोड बिगो माग गर्दै मुद्दा दायार गरेको छ।

यस्तै पीआर निर्माण सेवाका पञ्चराम महर्जन विरुद्ध पनि मुद्दा दायार गरिएको छ। मोरङ जिल्लाका दीप इन्टरनेश्नलका सञ्चालक लखन ऋषिदेव मुसहर विरुद्ध १५ करोड ६७ लाखको मुद्दा दायार गरेको छ।

यस्तै आरपी ट्रेडर्सका सञ्चालक फुलदेव झा विरुद्ध ४१ लाख बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायार भएको छ। यस्तै इन्फ्राटेक प्रालीका उद्धब भट्टराई विरुद्ध पनि मुद्दा दायार भएको छ।

मुद्दा दायार भएको अधिकांस मूल्य अभिवृद्धि कर (भ्याट) छलीका रहेका छन्। अब यी फर्महरु विरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार मुद्दा अघि बढ्ने विभागले जनाएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 7 =