नेप्से ४ अकंले बढ्यो, कारोबार रकम साढे ६ अर्ब

काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार (नेप्से) परिसूचक ४.५९ अङ्कले बढेको छ ।

बुधबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.१६ प्रतिशतले बढेर २८४८.२१ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक ०.५७ अङ्कले घटेर ५३०.८५ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहका सूचक बढेका छन् भने बाँकी सबै समूहका उपसूचक घटेका छन् ।

बुधबार २ सय २९ कम्पनीका ९९ लाख ६३ हजार ५ सय ९२ कित्ता सेयर ६ अर्ब ५२ करोड ५० लाख ७६ हजार३१ रुपैयाँमा खरिद/बिक्री भएको छ ।

यसदिन महालक्षमी बिकास बैकको सेयर १० प्रतिशत, साहस ऊर्जा कम्पनी र आईसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *