काभ्रेको पनौतीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काभ्रे । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले मंगलबार काभ्रेको पनौतीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पनौती–१ स्थित जनमैत्री बचत तथा ऋण सहकारी संस्था र कुशादेवी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।

 शिविरमा १ हजार ३ सय ६५ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा आएका २६१ बिरामीको रक्त परीक्षण गरिएको छ । २२१ बिरामीको भिडियो एक्स-रे गर्नुका साथै १७८ बिरामीको मुटुको जाँच (इसीजी) गरिएको छ ।

शिविरमा उपचार सम्भव नभएका ७८ जना बिरामीलाई अप्रेसनका लागि अस्पताल रेफर गरिएको छ । विपन्न बिरामीलाई लक्षित गरी केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

पूर्वी नेपालमा प्रतिष्ठित नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि केएमसीले पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिएको हो ।

केएमसीका अनुसार यो शिविर तिहार अघिको अन्तिम हो । अब, तिहार पछि पुनः निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *