नेप्से २३ अकंले बढ्यो, कारोबार रकम ६ अर्बमाथि

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार (नेप्से) परिसूचक २३.७६ अङ्कले बढेको छ । मंगलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.८४ प्रतिशतले बढेर २८४३.६२ बिन्दुमा पुगेको छ ।

सेन्सेटिभ परिसूचक २.८४ अङ्कले बढेर ५३१.४२ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहका सूचक घटेका छन् भने बाँकी सबै समूहका उपसूचक बढेका छन् ।

मंगलबार २ सय ३० कम्पनीका ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८ सय ८८ रुपैयाँमा खरिद/बिक्री भएको छ । मगंलबार साहस ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *