विद्यार्थीलाई एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट खाता

काठमाडौँ । एनआईसी एशिया क्यापिटलले विद्यार्थीलाई सहज र निःशुल्क रुपमा अनलाइनमार्फत डिम्याट तथा मेरो शेयर खाता उपलब्ध गराउने मुख्य उद्देश्यका साथ ‘एनआईसी एशिया विद्यार्थी डिम्याट खाता योजना’ सञ्चालनमा ल्याएको छ ।

योजना अन्तर्गत एनआईसी एशियामा अनलाईन मार्फत डिम्याट तथा मेरो शेयर खाता खोल्ने विद्यार्थीले माघ मसान्तसम्ममा निःशुल्क रुपमा खाता खोल्न सक्ने जनाएको छ । त्यस्तै, एक वर्ष सम्म निःशुल्क मेरो शेयर खाता खोल्ने सुविधा, पहिलो वर्ष डिम्याटको नविकरण शुल्क नलाग्ने र समग्र सेयर बजारको अवस्थाको विश्लेषण गरिएको एन आई सी एशिया क्यापिटलको न्यूजलेटरसमेत पाइने कम्पनीले जनाएको छ ।

उक्त योजना अन्तर्गत डिम्याट तथा मेरो शेयर खाता खोल्न एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझै क्लिक गरी रितपूर्वक विवरण भरी सहजै रुपमा डिम्याट खाता र मेरो शेयरको खाता प्राप्त गर्न सक्ने जनाएको छ ।

यस योजना अन्तर्गत डिम्याट खाता खोल्ने विद्यार्थीहरुलाई आवश्यक विवरण पेश गरेको १ घण्टाभित्र डिम्याट खाता नम्बर उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *