कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । शाहीले आज कर्णालीवासीको नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

०७४ सालमा प्रदेश सभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका शाहीले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन् । अब यसपछि त्यहाँ कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । यसअघि तत्कालीन नेकपा विभाजित भएपछि सदनमा विश्वासको मत लिँदा मुख्यमन्त्री शाहीले कांग्रेसको सहयोग लिएका थिए । त्यसबेलाको सहमतिअनुसार उनले राजीनामा दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलको गठबन्धनको सहमतिबमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको खुलाए । आफूले दलहरूबीच भएको सहमतिअनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको पनि दावी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *