कर्णाली प्रदेश:

राजीनामा दिँदै मुख्यमन्त्री शाही

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने भएका छन् । पूर्वसहमतिअनुसार नै उनले राजीनामा दिन लागेका हुन् । एक माओवादी नेताकाअनुसार मुख्यमन्त्री शाहीले साँझ ५ बजेपछि राजीनामा दिँदैछन् । ‘हो उहाँले राजीनामा दिने कुरा छ,’ ती नेताले भने, ‘त्यो पूर्वसहमतिअनुसार नै हुने हाे ।’

मुख्यमन्त्री शाहीले साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठकसमेत बाेलाएका छन् । सरकारमा सहभागी भएर सहयोग गर्ने दल तथा मन्त्रीहरूप्रति आभार व्यक्त गर्न मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

यसअघि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीले कांग्रेससँग सत्ता साझेदारीको ‘सम्झौता’ गरेका थिए । कांग्रेससँगको सम्झौताअनुसार नै मुख्यमन्त्री शाहीले राजीनामा दिने भएका हुन् ।

कर्णालीमा अब कांग्रेस नेतृत्वमा सरकार बन्नेछ । कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री हुने बताइएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि साबिककै दलका रूपमा पुनःस्थापित भएका माओवादी केन्द्र र एमालेले कर्णालीमा सत्ता साझेदार थिए । एमालेले पछि मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने क्रममा मुख्यमन्त्री शाहीलाई नेपाली कांग्रेसका सबै र नेकपा एमालेका ४ सांसदले समेत समर्थन गरेका थिए । यसपछि उनी अहिलेसम्म मुख्यमन्त्रीको रूपमा रहेका थिए ।

प्रतिक्रिया

2 thoughts on “राजीनामा दिँदै मुख्यमन्त्री शाही

  1. अब कांग्रेस नेतृत्वमा कर्णालीमा सरकार बन्नेछ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *